Comments Add Comment

‘लेक साइड’ र ‘डाइङ क्यान्डल’ मध्ये कुन हेर्ने ?


आज शुक्रबार दुई स्वदेशी र दुई विदेशी गरि चार चलचित्र रिलिज हुने भएको छ । नेपाली चलचित्र ‘डाइङ क्यान्डल’ र ‘लेक साइड’को साथै हलिउड चलचित्र ‘रिङ्ग’ र बलिउड चलचित्र ‘द स्टेट भर्सेस जोली एलएलबी २’ रिलिज भएका छन् ।

नरेशकुमार केसी निर्देशित ‘डाइङ क्यान्डल’मा सिर्जना सुब्बा, सौगात मल्ल र अर्पण थापाको मुख्य भुमिका छ । दिदी भाईको प्रेम कथामा आधारित यस चलचित्रमा हिमाली भेगको जनजीवनलाई चित्रण गर्ने प्रयास गरिएको छ ।

जीवन लुइटेल र नीता ढुंगाना अभिनित ‘लेक साइड’ सिंगल थिएटरमा रिलिज हुने भएको छ । राजु अधिकारीले निर्देशन गरेको यो चलचित्रले सांगीतिक प्रेम कथालाई उठान गरेको छ । यो चलचित्रको बक्स अफिस कलेक्शन नायक लुइटेल र नायिका ढुंगानाका लागि नै महत्वपूर्ण छ ।

यस्तै, अक्षय कुमारको मुख्य भुमिका रहेको ‘द स्टेट भर्सेस जोली एलएलबी २’ मा हुमा कुरेसी र सौरभ शुक्लाको मुख्य भुमिका छ । सुवास कपुर निर्देशित यस चलचित्रमा एक वकिलको संघर्षको कथा पेश गरिएको छ ।

अमेरिकन सुपरन्याचुरल साइक्लोजिकल चलचित्र ‘रिङ्ग’लाई जेभियर गुट्रेजले निर्देशन गरेका छन् । मातिल्दा लुज र एलेक्स रोयको मुख्य भुमिका यो चलचित्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment