Comments Add Comment

सरकारले चुनाव टार्न खोज्योः पशुपति शम्शेर

२८ माघ, काठमाडौं । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शमशेर राणाले सरकारले जेठमा स्थानीय निर्वाचन गराउन नसक्ने दाबी गरेका छन् ।

आफनो पार्टी जेठमा निर्वाचन गराउने पक्षमा भएपनि सरकार त्यसका निम्ति तयार नभएको उनको गुनासो छ । भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा राप्रपा नेता राणाले निर्वाचन टार्नकै लागि सरकारले मधेसी मोर्चाको माग सम्बोधन गर्ने प्रतिवद्धता जनाउने गरेको बताए ।

वरिष्ठ नेता राणाले केही नेताले भन्दैमा पार्टी सरकारबाट फिर्ता नहुने समेत बताएका छन् । पार्टी अध्यक्ष कमल थापाले सरकारबाट बाहिरने अभिव्यक्ति दिइरहेका बेला राणाले भने त्यस्ता हल्लाको पछि लाग्न नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment