Comments Add Comment

टुरिजम् डेभलपमेन्टको थप ७ नयाँ शाखा

२८ माघ, काठमाडौं । टुरिजम् डेभलपमेन्ट बैंकले आफ्नो संजाल एवं उपस्थितिलाई अझ बलियो बनाउने क्रममा माघ २७ गतेबाट इटहरी, हेटौडा, बुटवल, रजहर, कोहलपुर तथा कालिकोट गरी थप ६ वटा नयाँ शाखाहरु एकैसाथ सञ्चालनमा ल्याएको छ । बैंकले माघ २८ गतेबाट काठमाडौंको कलंकीमा समेत शाखा प्रारम्भ गरेको छ ।

यी शाखाहरुबाट त्यस क्षेत्र र आसपासका सर्वसाधारणहरु बैंकिङ्क सेवाबाट लाभान्वित हुने तथा बैंकको व्यवसाय थप विस्तार हुने अपेक्षा बैंकले गरेको छ । थपिएका नयाँ शाखाहरुसँगै बैंकको कुल शाखा संख्या २९, एक्स्टेन्सन काउन्टर १ तथा एटिएम् संख्या १३ पुगेको छ । साथै खोलिएका नयाँ शाखाहरुबाट बैंकले अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment