Comments Add Comment

केटा पाउनेमा अझै आशावादी छिन् कोमल वली !

काठमाडौं । तीज गीतको अवसरमा पोइ चाहियो भन्दै महादेसँग अपिल गरेकी कोमल वलीले भ्यालेन्टाइन गीत गाएकी छिन् । ‘आई लभ यु प्लीज’ बोलको गीतमा स्वर दिएकी कोमलले गीतको भिडियोमा स्कट लगाएर अभिनय गरेकी छिन् । यसपालीको भ्यालेन्टाइनमा जीबनसाथी भेटिएला त ? कोमल मुस्कुराउँदै भन्छिन् ‘आशावादी छु तर, ढुक्क छैन ।’

‘स्कुल कलेज पढ्ने केटाकेटीहरु पनि मेरो गीत सुनेर मनोञ्जन लिन्छन् त्यही कारण मैले कलेज गर्लको भुमिका निर्वाह गरेँ ।’ कोमलले भनिन् । केही महिना अघि राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी कोमलले राजनीतिमा लागे पनि आफ्नो सांगीतिक यात्रा जारी रहने बताएकी थिइन् । ‘राजनीतिमा लागे पनि गाउने मेरो काम जारी रहन्छ’ कोमलले भनिन् ।

उक्त गीतमा कोमललाई साथ दिएका छन् अशोक बरालले । अशोक बरालको शब्दमा सन्तोष श्रेष्ठको संगीत रहेको ‘आइ लभ यू प्लिज’को भिडियोलाई स्मृति तिमल्सिना (गुरुआमा)ले निर्देशन गरेकी छन् । दुर्गा पौडेलको छायांकन रहेको भिडियोमा दिपक बिष्टको सम्पादन रहेको छ । भिडियोमा गायिका ओली र महेन्द्र गौतमको अन स्त्रिmन रोमान्स देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment