Comments Add Comment

साडियो मेनको उत्कृष्ट प्रदर्शनमा लिभरपुलको जित

१ फागुन, काठमाडौं । साडियो मेनले दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा पर्न संघर्षरत लिभरपुलले टोटनहृयामबिरुद्ध महत्वपूर्ण जित आत्मसाथ गरेको छ ।

जितसँगै लिभरपुल २५ खेलबाट ४९ अंकसहित अंकतालिकाको चौथो स्थानमा उक्लँदा समान खेलबाट टोटनहृयाम दोस्रो स्थानमा यथावत छ ।

घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलमा मेनले पहिलो गोल जियोर्गिनियो विज्नाल्डमको पासमा गरेका थिए भने त्यसको दुई मिनेटपछि नै रिवाउण्ड बलमा गोल गरे ।

पि्रमियर लिगको पछिल्लो पाँच खेलमा लिभरपुलले पहिलो जित निकालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment