Comments Add Comment

युरोप जानु अघि परराष्ट्रमन्त्रीले भने-संविधानमा उठाएको प्रश्नको जवाफ दिन्छु

१ फागुन, काठमाडौं । परराष्ट्रमन्त्री प्रकाशशरण महतले नेपालको संविधानमाथि युरोपियन युनियनले उठाएको प्रश्नको जवाफ दिने बताएका छन् ।

युरोप भ्रमणमा निस्कनुअघि मन्त्रालयमै पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री महतले युरोपियन युनियनका पदाधिकारीसँग भेटेर संविधानबारे प्रष्ट्याउने बताएका हुन् ।उनले भने, ‘त्यहाँ मैले नेपालको संविधानको लोकतान्त्रिक मूल्य मान्यताहरु र संविधानमा सबैलाई समेट्न भएको प्रयासका बारेमा पनि जानकारी गराउने छु ।’

संविधानले समेटेका समावेशी सहभागिता र समानताका आधारहरुको ब्याख्या गर्ने उनले बताए ।

साथै सशस्त्र द्वन्द्वका क्रममा भएका जघन्य अपराधका दोसीहरुलाई कारबाहीको दायरामा ल्याउनेबारे प्रतिवद्धता जनाउने परराष्ट्रमन्त्री महतले बताए । त्यसक्रममा सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको कामबारेमा पनि जानकारी गराउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment