Comments Add Comment

शशीकला तामिलनाडूको मुख्यमन्त्री हुन नपाउने, अदालतले सुनायो ४ वर्ष जेल सजाय

३ फागुन, नयाँदिल्ली । सम्पत्ति सुद्धीकरणसम्बन्धी १९ बर्ष पुरानो मुद्दामा दोषी पाइएपछि तामिलनाडूकी मुख्यमन्त्रीकी दाबेदार शशीकला देवीले जेल सजायँ भोग्नुपर्ने भएको छ ।

भारतीय सुप्रिम कोर्टले हाइकोर्टको फैसला बदर गर्दै आयभन्दा धेरै सम्पत्ति राखेकोमा दोषी ठहर गरेपछि उनको जेलयात्रा निश्चित बनेको हो । सुप्रिम कोर्टले उनलाई ४ बर्षको जेल सजायँ तोकेको छ ।

सुप्रिम कोर्टका न्यायाधीश माइकल कुन्हाको इजलाशले सम्पत्ति शुद्धीकरणमा पूर्वमुख्यमन्त्री जयललिता र शशीकलालाई दोषी ठहर गरेको हो । जयललिताको निधन भइसकेकाले उनलाई आरोपमुक्त गरिएको छ ।

१९ बर्ष पहिला तत्कालीन जनता पार्टीका अध्यक्ष तथा अहिलेका भाजपा नेता सुब्रमण्यम स्वामीले उनीहरुबिरुद्ध मुद्दा दायर गरेका थिए । सुप्रिम कोर्टको फैसलापछि उनले ट्वीटरमा २० बर्षपछि आफ्नो जित भएकोमा खुसी व्यक्त गरेका छन् ।

अदालतको आदेशसँगै तामिलनाडू प्रहरी उनको गिरफ्तारीका लागि गोल्डेन बे रिसोर्ट पुगेको छ । जहाँ उनी आफ्ना सांसदहरुसँग छिन् ।

तामिलनाडूकी मुख्यमन्त्री जयललिताको निधन भएपछि शशिकलालाई सत्ताधारी एआइएडीएम पार्टीको संसदीय दलको नेता तथा पार्टीको सर्वोच्च नेता बनाइएको छ । उनी मुख्यमन्त्री दाबेदार हुन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार शशिकला कारवाहीमा परेपछि एआइएडीएम पार्टीको सर्बोच्च नेताको रुपमा पलिनसामीलाई नियुक्त लगरिएको छ । अब उनै तामिलनाडूका मुख्यमन्त्री हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment