+
+
Shares

राति नै कता हरायो त्रिपाल ? पीडित भन्छन्- पक्कीघरतिर गयो !

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १९ गते ९:३३

१९ चैत, वीरगञ्ज । आँधीपीडितहरुको गासबासको अवस्था बुझ्न अनलाइनखबरको टोली सोमबार राति बाराको भलुवी भरवलिया टोलमा पुग्यो । हाम्रो टोली त्यहाँ राति ९ बजेसम्म बस्यो । गाउँमा अचम्म के देखियो भने सरकारी पक्षबाट त्रिपाल र म्याट लगायतका सामाग्रीहरु पुगेको भएता पनि पीडितहरु खुल्ला आकाशमुनि असरल्लै भेटिए । त्रिपाल र म्याट कसले कहाँ लग्यो, पीडितले पत्तो नभएको बताए ।

बालबच्चालाई भुइँमा सुताएर मच्छड धपाइरहेका पीडितहरुले त्रिपाल र म्याट पक्की घरहरुतिर गएको र आफूहरुले नपाएको गुनासो सुनाए । उनीहरुले भनेजस्तै त्रिपालहरु पक्की घरमै पुगे वा अन्तै गायव भए, हामीले पत्तो पाउन सकेनौं । राति ९ बजेसम्म छाप्राहरुमा त्रिपाल आइपुगेको थिएन ।

सामुहिक मेसमा दालभात पाकिरहेको थियो । खानाको सामान्य व्यवस्था भए पनि बासको प्रवन्ध नहुँदा मानिसहरु भत्किएको घरमा लामखुट्टेको सामना गर्दै रात गुजारिरहेको अवस्थामा भेटिए ।


बाराको भलुवी भरवलिया आँधीले धेरै क्षति पुर्‍याएको गाउँमध्येमा पर्छ । यो गाउँको केही भाग कलैया नगरपालिकाको वडा नम्बर १८ मा पर्छ भने केही भागचाहिँ फेटा गाउँपालिका अन्तरगत पर्छ ।

एउटै टोल बेग्लाबेग्लै नगरपालिका र गाउँपालिकामा परेका कारणले गर्दा पनि एउटा स्थानीय तहबाट आएको राहत सामाग्री छिमेककै अर्को घरमा नपुगेको हुन सक्ने कतिपयले सुनाए ।

टोलका केही परिवारले भने नयाँ त्रिपाल आागनमा टाँगेको देखिन्थ्यो ।

अनलाइनखबरले सोमबार राति भलुवी भरवलिया पुगेर खिचेका केही दृश्यहरु-

तस्वीरहरु- शंकर गिरी/अनलाइनखबर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?