+
+
Shares

खोटाङमा कांग्रेस क्षेत्रीय सभापतिमा राई र बिष्ट निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १८ गते ८:५०

१८ असोज, खोटाङ । खोटाङमा नेपाली कांग्रेस प्रदेशसभा (ख)को सभापतिमा बाजिन्द्र बिष्ट विजयी भएका छन् ।

असोज १७ गते साँझ सम्पन्न निर्वाचनमा २९१ मत ल्याउँदै बिष्ट प्रदेशसभा (ख)को सभापतिमा बिजयी भएका हुन् । उनका प्रतिस्पर्धी नइन्द्र राईले २८१ मत पाएका छन् ।

निर्वाचन अधिकृत मिलन कसजूका अनुसार प्रदेशसभा (ख)को उपसभापतिमा ढकबहादुर कार्की, सचिवमा बबिन कटवाल, सह-सचिवमा बिजय राई निर्वाचित भएका छन् । सह–सचिव कविता ढकाल पोखरेल भने निर्विरोध चयन भएकी छन् ।

यस्तै, प्रदेशसभा (क)को सभापतिमा राजेन्द्र राई सर्वसम्मत चुनिएका छन् । राई दोस्रो कार्यकालकालागि प्रदेश (क)को सभापतिमा दोहोरिएका हुन् ।

प्रदेशसभा (क)को उपसभापतिमा मनकुमार गुरुङ, सचिवमा टेकेन्द्र राई र सह-सचिवमा गोपाल राई सर्वसम्मत चयन भएका छन् । प्रदेशसभा (क)को नेतृत्व सर्वसम्मत चयन हुँदा प्रदेशसभा (ख)मा भने चुनाव भएको हो ।

मनोनयनपछि १८ सदस्यीय पुर्‍याउनेगरि हाललाई ११ सदस्यीय प्रदेशसभाको कार्य समिति चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?