+
+
Shares

देउवालाई कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिको निम्ता

‘भेट भएन, घरभित्रसम्म गयौं । हामीले भानुजी(देउवाका स्वकीय सचिव भानु देउवा)लाई फोन गर्दा भेट्टाउन सकेनौं । त्यसपछि घरमा गएर सुरक्षाकर्मीलाई दिएर आयौं,’ चौधरीले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १७ गते २१:४९

१७ असोज, काठमाडौं । नेपाली कांग्रेसले भोलिबाट सुरु हुने १५ औं महाधिवेशनको प्रमुख अतिथिका लागि पूर्वसभापति शेरबहादुर देउवालाई निमन्त्रणा दिएको छ । सभापति गगनकुमार थापाको हस्ताक्षरसहितको पत्र पूर्वसभाति देउवाको निवासमा पुर्‍याइएको हो ।

पार्टीका तर्फबाट सहमहामन्त्री योगेन्द्र चौधरी नेतृत्वको टोली देउवालाई निमन्त्रणा दिन चुनदेवीस्थित देउवा निवास पुगेको थियो । शनिबार साँझ देउवानिवास पुग्दा पूर्वसभापति देउवासँग भेट भने हुन नसकेको सहमहामन्त्री चौधरीले बताए ।

‘भेट भएन, घरभित्रसम्म गयौं । हामीले भानुजी(देउवाका स्वकीय सचिव भानु देउवा)लाई फोन गर्दा भेट्टाउन सकेनौं । त्यसपछि घरमा गएर सुरक्षाकर्मीलाई दिएर आयौं,’ चौधरीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?