+
+
Shares

डा. सन्तोष उपाध्यायले कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १७ गते १३:४४

१७ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा डा.सन्तोष उपाध्यायले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

अछाम–२ बाट महाधिवेशन प्रतिनिधि छनोट भएका उपाध्यायले महामन्त्रीमा पदमा प्रतिस्पर्धा गर्ने जानकारी गराएका छन् । महामन्त्रीको उम्मेदवारी घोषणा गर्दै उनी भन्छन्,‘केही समयअघि सडकमा युवाहरूले परिवर्तनका प्रश्न उठाए । पुस्तान्तरण, सुशासन र नयाँ नेतृत्वको बहस देशभरि गहिरियो। आज त्यही समयको बीचमा एउटा युवालाई प्रतिनिधिका रूपमा दिइएको विश्वास आफैंमा अर्थपूर्ण छ ।’

उपाध्यायले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट एमबीबीएसको अध्ययन सकेका छन् । उनले नेविसंघमा रहेर विद्यार्थी राजनीति पनि गरेका थिए । उनीसँग सञ्चारकर्मको अनुभव पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?