+
+
Shares

परिवारका ११ जनालाई क्षेत्रीय प्रतिनिधि बनाए, आफू महाधिवेशन प्रतिनिधिमा पराजित

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १७ गते १२:५९

१७ असोज काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राधेश्याम पाठक महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

उनी नवलपरासी (पश्चिम) क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् । केन्द्रीय सदस्य पाठकले रामग्राम नगरपालिका–९ बाट परिवारका ११ जनालाई क्षेत्रीय प्रतिनिधि बनाएका थिए ।

केन्द्रीय सदस्य पाठकले महाधिवेशन प्रतिनिधिका लागि खुल्लातर्फ प्रतिस्पर्धा गरेका थिए ।  खुल्लातर्फ ४०८ मतसहित १०औं नम्बरमा रहेका उम्मेदवार महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुँदा उनले ३९८ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?