Comments Add Comment

साउदीमाथि लाग्यो अमेजन मालिकको मोबाइल ह्याक गरेको आरोप

१७ चैत, काठमाडौं । अमेजनका मालिकको निजी सन्देश नेशनल इन्वायरी ट्याबलेटसम्म कसरी पुग्यो ? यसको जवाफ खोज्न जेफ बेजोसले एक पेशेवर अनुसन्धानकर्ता खटाएका छन् ।

गेविन डी बेकरले यसलाई साउदी अरबसँग जोडेका छन् । उनकाअनुसार बेजोसको मोबाइल ह्याक गरिएको छ र त्यसमा भएको जानकारी ट्याबलेटलाई बुझाइएको छ ।

बेजोसले यसलाई साउदीका पत्रकार जमाल खाशोज्जीको हत्याबारे वासिङ्टन पोष्टले गरेको कभरेजसँग जोडेर हेरेका छन् ।

२ अक्टोबरमा टर्कीस्थित साउदी अरबको बाणिज्य दूताबासमा खाशोज्जीको हत्या भएको थियो । हत्याको आरोप साउदीमाथि लागेको छ तर, यसबारे उसले केही बताएको छैन ।

बेजोस वासिङ्टन पोष्टका पनि मालिक हुन् । जाँचकर्ता केबरले भनेका छन् कि उनको अनुसन्धानका आधारमा तयार पारिएको रिपोर्ट अमेरिकी अधिकारीहरुलाई दिइएको छ ।

डेली बिष्ट वेबसाइटमा उनले लेखेका छन्, ‘हाम्रा जाँचकर्ता र कयौं विशेषज्ञले इमान्दारिताका साथ यसबारे छानविन गरेका छन् र उनीहरुले साउदी अरबले बेजोसको मोबाइलको डाटा ह्याक गरेको पनएका छन् । त्यसबाट उनको निजी सूचना लिइएको छ ।’

फेब्रुअरीमा बेजोस आफैंले नेसनल इक्वायरीका मालिक कम्पनी अमेरिकन मिडिया इंक (एएमआई) माथि ब्लाकमेल गरेको आरोप लगाएका थिए । उनका अनुसार त्यसबेला निजी जानकारी र तस्वीरहरु प्रकाशित गर्ने डर देखाइएको थियो ।

नेशनल इक्वायरीमा जनवरीमा एक रिपोर्ट प्रकाशित भएको थियो, जसमा बेजोसको अफेयर चलिरहेको उल्लेख छ । त्यसमा केही तस्वीर र टेक्स्ट पनि थियो ।

साउदी अरबले लगातार वासिङ्टन पोष्टमाथि आक्रमण गरेको र त्यसको कारण खाशोज्जीको हत्याबारे गरिएको कभरेज भएको बेजोसका अनुसन्धानकर्ता बेकरले दाबी गरेका छन् । उनले भने, ‘यो प्रष्ट भइरहेको छ कि साउदी प्रिन्स मोहम्मद बिन सलमानले वासिङ्टन पोष्टलाई आफ्नो सबैभन्दा ठूलो शत्रुका रुपमा लिएका छन् ।’

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment