Comments Add Comment

स्थानीय निकायको चुनाव जेठमै हुन्छः नारायणकाजी श्रेष्ठ

४ फागुन, चितवन । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आगामी जेठभित्रै दुई चरणमा स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।

२०७४ साल माघभित्र सबै चुनाव सम्पन्न नभए संविधान कार्यान्वयनको प्रक्रिया असफल हुने बताउँदै उपाध्यक्ष श्रेष्ठले फागुन ६ गते सरकारले स्थानीय तहको निर्वाचनको घोषण गर्ने जानकारी दिए ।

स्थानीय निर्वाचन सकिएपछि मंसिरको मध्यतिर संघीय प्रादेशिक चुनाव हुने उनले बताए ।

चितवनको माडीमा आजबाट सुरु भएको दिवाकर तीर्थकुमारी भुसाल स्मृति खुल्ला नकआउट भलिवल प्रतियोगिताको उदघाटन कार्यक्रमलाई सम्बोधन गदर्ैै माओवादी नेता श्रेष्ठले चुनावका लागि माओवादी पार्टी कुनै सम्झौता नगर्ने ठोकुवा समेत गरेका छन् । ‘चुनावका लागि कुनै सम्झैता हुदैन ।’, उनले भने, ‘प्रमुख सबै पार्टीको सहमतिमा मधेशी मोर्चा ल्याएर सरकारले चुनाव गरेरै छाड्नेछ ।’

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता श्रेष्ठले सम्पूर्ण रुपमा संविधानलाई असफल बनाउने खतरा इंगित गर्दै भने, ‘हामी कुन हालतमा संविधानलाई असफल बनाउने, प्राप्त उपलब्धीलाई खतरामा पर्न नदिनेखमा दृढ छौँ ।’

फागुन ७ गते सम्म चल्ने प्रतियोगितामा १६ वटा टिम सहभागी छन् । उपाधि बिजेताले ५०, उपबिजेताले २५ र तेस्रो हुनेले १५ हजार पुरस्कार पाउने अध्यक्ष हरि भुसालले जानकारी दिए । प्रतिष्ठानले अर्को बर्षदेखि राष्ट्रिय स्तरको भलिवल प्रतियोगिता आयोजना गर्ने योजना रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment