Comments Add Comment

मानवतस्करीको ट्रान्जिट बन्दै दक्षिणपूर्वी एसिया 

५ फागुन, काठमाडौं । अमेरिका,क्यानडा,अष्ट्रेलिया,युरोपलगायत विकसित राष्ट्र पुर्‍याइदिने प्रलोभनमा पारी मानवतस्कर र गिरोहले मोटो रकम असुल्दै नेपालीलाई दक्षिणपूर्वी एसियाली राष्ट्र पुर्‍याएर अलपत्र छाड्ने गरेको भेटिएको छ । नेपालीलाई ती राष्ट्रसम्म पुर्‍याउन उनीहरुले दक्षिणपूर्वी एसियालाई ‘ट्रान्जिट’बनाइरहेको समेत खुलेको छ ।

दक्षिणपूर्वी थुप्रै एसियाली राष्ट्रले नेपाललाई सहज रुपमा ‘भिसा’दिँदै आएका छन् । दक्षिणपू्र्वी एसियाली केही राष्ट्रले नेपालीलाई सुशल्क‘अनअराइभल’ भिसा दिँदै आएका छन् त केहीले निःशुल्क । मानवतस्करले यही सुविधाको फाइदा उठाउँदै नेपालीलाई सहज रुपमा ती देश पुर्‍याइ मोटो रकम असुलेर अलपत्र छाड्ने गरेको पाइएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

‘मानवतस्करले कैयौ नेपालीलाई पर्यटक भिसामा दक्षिणपूर्वी एसियाली राष्ट्र ल्याई अमेरिका,अष्ट्रेलिया,क्यानडा,दक्षिण कोरिया,जापान,युरोप लगायत देशको भिसा लगाई ती राष्ट्रमा पठाइदिने प्रलोभनमा पाी ठग्दै आएको देखिएको छ ।’ थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले भने,‘तस्करहरुले दक्षिणपूर्वी एसियालाई ट्रान्जिट बनाएको देखिन्छ जसका कारण धेरै नेपाली यहाँ आइपुगेर ठगिने र अलपत्र पर्ने क्रम बढिरेहेको छ ।’

तस्करहरुले नेपालीसँग ८ देखि २० लाख रुपैयाँसम्म असुल्ने गरेका छन् । मोटो रकम असुलेपछि भने अलपत्र छाडेर तस्करहरु भाग्ने गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment