Comments Add Comment

केकी र नाजिरको ‘राज्जा रानी’मा रेखाको विशेष भूमिका

नायिका रेखा थापाले चलचित्र र राजनीतिक यात्रालाई एकसाथ अगाडि बढाएकी छिन् । उनले एकपछि अर्को चलचित्रमा काम गरिरहेकी छिन् । उनी, शुक्रबारदेखि सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा केन्द्रिय सदस्यको उम्मेदवार पनि हुन् । रेखाले, लगालग ३ चलचित्रमा काम पनि गरिसकिन् भने आफ्नै ब्यानरबाट चलचित्र निर्माण गर्न पनि लागेकी छिन् ।

उनै, रेखा केहि दिन अगाडि घोषणा गरेर छायांकन सुरु भएको चलचित्र ‘राज्जा रानी’मा विशेष भूमिकामा पनि देखिने भएकी छिन् । यसका लागि रेखाले राप्रपाको महाधिवेशनपछि नेपालगञ्जमा चलचित्रको यूनिटलाई जोइन गर्नेछिन् । हाल, यो चलचित्रको छायांकन नेपालगञ्जमा भैरहेको छ । यो चलचित्रमा नायिका केकी अधिकारी, नायक नाजिर हुसेन मुख्य भूमिकामा छन् ।

चलचित्रको घोषणा समारोहमा रेखा थापाले काम गर्ने बारेमा कुनै पनि जानकारी दिइएको थिएन । तर, अनलाइनखबरलाई प्राप्त खबर अनुसार चलचित्रमा रेखाको विशेष भूमिका हुनेछ ।
यम थापाले निर्देशन गरिरहेको यो चलचित्रमा रेखाको भूमिका के हुने भन्ने खुल्न सकेको छैन । चलचित्रको घोषणा समारोहमा रेखा पनि उपस्थित थिइन् । तर, उनी अतिथीको रुपमा उपस्थित भएको पत्रकारहरुलाई जानकारी दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment