Comments Add Comment

पत्रकार महासंघ झापामा तारामणि सापकोटा बिजयी

१० फागुन, झापा । नेपाल पत्रकार महासंघ झापा शाखाको अध्यक्षमा तारामणि सापकोटा निर्वाचित भएका छन् ।

माओवादी निकट प्रेस सेन्टरसँग आबद्ध उनीले प्रतिद्वन्दी प्रेस चौतारीका गोपाल काफ्लेलाई १३ मतअन्तरले हराए । मंगलबार सार्वजनिक गरिएको मतपरिणाम अनुसार सापकोटाले १ सय २९ मत प्राप्त गरे भने काफ्लेले १ सय १६ मत मात्र पाए ।

खुल्ला उपाध्यक्षमा एकराज गिरी निर्वाचित भए । उनले १ सय ५६ मत ल्याउँदै प्रतिद्वन्दी गोपाल झापालीलाई हराए ।

महिला उपाध्यक्षमा भीमाकुमारी शिवाकोटी निर्वाचित भइन् । उनले १ सय ४८ मत प्राप्त गर्दै प्रतिद्वन्दी लीला अनमोल (९२) लाई पराजित गरिन् ।

सचिवमा सन्तोष आचार्य निर्वाचित भए । उनले १ सय २३ मत पाए भने प्रतिद्वन्दी गिरिराज भट्टराईले १ सय १८ मत प्राप्त गरे ।

खुला सह-सचिवमा केशव भट्टराई विजयी भए । उनले १ सय ५२ मत ल्याए भने प्रतिद्वन्दी अर्जुन कार्कीले ९२ मतमात्र ल्याए ।

समावेशी सह-सचिवमा इन्द्रजित मुखिया निर्वाचित भए । उनले १ सय ३२ मत ल्याउँदै प्रतिद्वन्द्वी आत्मराम राजवंशी (१०७) लाई हराए ।

कोषाध्यक्षमा १ सय २८ मत ल्याउँदै ईश्वर अधिकारी निर्वाचित भए । उनले यामनाथ विमली (१ सय १५) लाई पराजित गरे ।

खुल्ला सदस्यतर्फ विनोद सापकोटा, लक्ष्मी काफ्ले, देबु बानियाँ, उत्तम नेपाल, पार्थ मण्डल, रञ्जित प्रसाई, रमेश तिवारी, लीलाराज झापाली र सुशीला संग्रौला निर्वाचित भए ।

महिला सदस्यमा सुष्मा राजवंशी, दलिततर्फ रञ्जित परियार र जनजातितर्फ अनिलदेव राई निर्वाचित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment