Comments Add Comment

धुर्मुस-सुन्तलीलाई विवेकशील नेपालीको ५ लाख सहयोग

१५ फागुन, काठमाडौंं । विवेकशील नेपाली दलले धुर्मुस सुन्तली फाउण्डेसनको पुनर्निर्माण अभियानलाई पाँच लाख सहयोग गरेको छ ।

दलको कार्यालय काठमाण्डौँमा आज आयोजित रकम हस्तान्तरण कार्यक्रममा संस्थाको प्रथम राष्ट्रिय परिषद्को लागि मोरङ जिल्लाका प्रतिनिधि सरस्वती आचार्यले फाउन्डेसनका संस्थापक सीताराम कट्टेल ‘धुर्मुस’ लाई हस्तान्तरण गरिन् ।

पार्टीका प्रवक्ता रमेश पौडेलद्वारा जारी गरिएको बिज्ञप्तिमा पुनर्निर्माणमा धुर्मुस सुन्तली फाउन्डेसनले गरेको कामलाई थप सहयोग पुगोस् भन्नका लागि यो सहयोग गरेको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment