Comments Add Comment

अनशनस्थलमै गरे भारतीय युवकले बिहे, दुलही पनि अनशन बस्ने

भारतमा जागिरका लागि अनशन बसिरहेका एक युवकले अनशनस्थलमै बिहे गरेका छन् । बिहेपछि दुलहीले पनि उनलाई अनशनमा साथ दिने भएकी छिन् ।

आफ्नो जागिर खोसिएको भन्दै राजस्थानधका देवराज नामका युवक आठ दिनदेखि अनशन बसिरहेका थिए । अनशन बस्नुभन्दा पहिले नै उनको बिहे निश्चित भएको रहेछ । तर उनले बिहेका लागि अनशन तोड्न चाहेनन् । बरु अनशनस्थलमा नै सात फेरा लिएर सर्प पनि मर्ने लाठी पनि नभाँचिने जुक्ति निकाले । यसमा केटीका माइतीपक्ष पनि सहमत भए ।

अनशनस्थलमा करिब सय जना जन्तिको बीचमा बाजागाजासहित धुमधामले बिहे भएको थियो । देवराजको घरबाट महिलाहरु ट्याक्टर चढेर अनशनस्थलमा आए र विवाहको मंगल गीत गाए । विवाह पूर्णरुपमा रितपूर्वक गरिएको थियो । जन्तिलाई भोज पनि खुवाइयो । तर दुलाहा-दुलहीले भने केही पनि खाएनन् ।

बिहेपछि दुलहीलाई दुलाहाको घरमा भित्र्याइएको छ तर दुलाहा अनशनस्थलमा नै छन् । दुलही ममताले यदि सरकारले उनको माग पुरा नगरेको खण्डमा दुई दिनपछि आफू पनि पतिसँगै अनशन बस्ने चेतावनी दिएकी छिन् ।

खासमा देवराज जागिरका लागि छनोट भइसकेका रहेछन् । जागिर पाउने भएपछि उनको विहे निश्चित गरिएको थियो । राजस्थान सरकारले विशेष पिछडावर्गको आरक्षणमा क्लर्क पदमा देवराजलाई जागिर दिएको थियो । तर उच्च अदालतले सो आरक्षणमा नै रोक लगाइदियो र देवराजको नियुक्ति पनि रद्द भयो । यसैको विरोधमा देवराज अनशन बसिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment