Comments Add Comment

ओस्कारमा महाभूलः ‘ला ला ल्याण्ड’लाई घोषणा गरिएको थियो सर्वोत्कृष्ट फिल्म

‘ओस्कार अर्वाड्स’ले तय गरेको छ कि उसको नजरमा हलिउडमा सबैभन्दा राम्रो अभिनेता र फिल्म कुन हो ? मुनलाइट हलिउडको सर्वोत्कृष्ट फिल्म ठहरिएको छ ।

यद्यपि सर्वश्रेष्ठ फिल्म घोषणा गर्दा महाभुल भयो । सर्वोत्कृष्ट फिल्मको रुपमा पहिले ‘ला ला ल्याण्ड’ घोषित गरियो र पछि भनियो गल्ती भयो ।

सर्वोत्कृष्ट फिल्मको घोषणा गर्न मञ्चमा आएका वारेन बिट्टी र फाय डुनावेले ‘ला ला ल्यान्ड’ को नाम घोषणा गरे ।

फिल्मका निर्देशक, निर्माता तथा कलाकारहरु मञ्चमा आए र अवार्ड लिए । अवार्ड लिएर निर्देशकले सम्वोधन गर्दै गर्दा उनलाई बीचमै रोकेर अवार्ड फिर्ता मागियो, जुन कुनै फिल्मको दृश्य भन्दा कम थिएन ।

त्यसपछि मुनलाइटलाई सर्वोत्कष्ट फिल्मको अवार्ड दिइयो । यसो भन्दा यो कुनै ठट्टा होइन भन्नु परेको थियो ।

‘ला ला ल्याण्ड’ का लागि डेमियन स्येजलले उत्कृष्ट निर्देशक र र एम्मा स्टोनले उत्कष्ट नायिकाको उपाधि जितेका छन् । उत्कृष्ट अभिनेताको उपाधि ‘म्यान्चेस्टर बाइ द सि’ का अभिनेता क्येसी याफ्लेकले पाएका छन् ।

हेर्नुस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment