Comments Add Comment

गिजोनको पोष्टमा बार्सिलोनाको ६ गोल, शीर्ष स्थानमा उक्लियो

१९ फागुन, काठमाडौं । स्पोटिङ गिजोनमाथि शानदार जित हात पार्दै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार राति भएको खेलमा बार्सिलोनाले गिजोनमाथि ६-१ गोल अन्तरको जित हात पारेको हो ।

घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाले नवौं मिनेटमा नै लिओनल मेस्सीको गोलबाट अग्रता दिएको थियो । दुई मिनेटपछि नै लुइस स्वरेजले गोल गरे ।

२१ औं मिनेटमा गिजोनका कास्ट्रोले गोल गर्दै टोलीलाई खेलमा फर्काउने संकेत दिए । तर, २७ औं मिनेटमा स्वरेजले दोस्रो गोल गरेपछि पहिलो हाफमा बार्सिलोना ३-१ को अग्रता लिन सफल भयो ।

दोस्रो हाफको सुरुमा नै पाको अलासरले गोल गरे । ६५ औं मिनेटमा नेयमारले गोल गरे भने ८७ औं मिनेटमा राकिटिकले गोल गर्दै बार्सिलोनालाई ६-१ को जित दिलाए ।

जितसँगै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । उसको २५ खेलबाट ५७ अंक छ । ५६ अंकसहित रियल मड्रिड दोस्रो स्थानमा छ तर, उसले एक खेल कम खेलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment