Comments Add Comment

जनकपुरमा एमालेको प्रतिवाद गर्ने मधेसी मोर्चाको निर्णय

२१ फागुन, जनकपुर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नेकपा एमालेको मेची महाकाली यात्राको प्रतिवाद गर्ने निर्णय गरेको छ ।

एमालेले जनताबीच द्वन्द्व बढाउने मनसायले मधेस पस्न खोजेको भन्दै मोर्चाले प्रतिवाद गर्ने बताएको हो । मधेसी मोर्चाका संयोजक सतिशकुमार लाल दासले जारी गरेको विज्ञप्तिमा २५ गते धनुषामा आम हडताल आहृवान गरिएको उल्लेख छ ।

झापाबाट सुरु भएको एमालेको मेचीकाली अभियान २५ गते जनकपुर पुग्ने कार्यक्रम छ ।

मधेसी मोर्चाले भने एमालेको कार्यक्रमलाई नै लक्षित गरेर आन्दोलन घोषणा गरेको छ । २५ गते दिनभर कालो झाण्डा र बैनरसहित जनकपरमा प्रदर्शन गर्ने र एमालेको अभियानको प्रतिवाद गर्ने उसले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment