Comments Add Comment

एमालेले मधेसी मोर्चालाई भन्यो- अराजनीतिक सम्बन्ध नहोस्

कार्यकर्तालाई निर्देशनः मैदान नछाड्नू तर, भिड्न नजानू

२१ फागुन, दमक । प्रमुख विपक्षी नेकपा एमालेले आफ्नो मेची महाकाली राष्ट्रिय अभियान बिथोल्न अपराधिक ढंगका हमला हुन थालेको भन्दै सरकार तथा मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ । साथै मधेसी मोर्चाका शीर्ष नेताहरुलाई त्यस्ता गतिबिधि रोक्न आग्रह गरेको छ ।

अभियानको पहिलो दिनको समिक्षा गर्दै एमाले प्रचार बिभाग प्रमुख योगेश भट्टराईले दमकमा आयोजित पत्रकार सम्मेलनमा पहिलो दिनमै डेढ लाख जनता सहभागी भएको बताए ।

एमालेको मधेस अभियानलाई लक्षित गरेर मोर्चाले जनकपुर, राजविराज लगायतका स्थानमा बन्द हड्ताल आह्वान गरेको छ ।

एमाले सचिव भट्टराईले भने बन्द हड्ताल फिर्ता लिन आग्रह गरिएको र आफ्नो आग्रह नसुनिए पनि बन्द तोडेर एमालेको अभियान मधेसमा जारी रहने बताए ।

उनले भने, ‘एमालेसँग अराजनीतिक सम्बन्ध नहोस् भनेर हामीले मोर्चाका शीर्ष नेताहरुलाई भनेका छौं । उनीहरुले अनविज्ञता देखाएका छन् । एमालेको अभियान कसैको धम्की, बन्द र हड्तालबाट रोकिँदैन । हामीले पूर्व घोषित गरेका कार्यक्रमको सुरक्षाको जिम्मेवारी सरकारको हो ।’

पहिलो दिनको अभियानलाई दमकमा समापन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको अभियान कुनै राजनीतिक दलविरुद्ध लक्षित नभएको भन्दै मधेसका जनतालाई एमालेको दृष्टिकोण बताउन केन्दि्रत रहेको प्रष्ट पारे । उनले कसैका अवरोधबाट एमाले डराउने पार्टी नरहेको बताए ।

एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले मधेसी जनजाति सबैको पक्षमा संविधानले अधिकार दिए पनि गलत मनसाय राख्ने र नेपाल असफल बनाउन चाहनेले गलत प्रचार गरेकाले एमालेले मेची महाकाली अभियान चलाएको बताए ।

मैदान नछाड्ने तर, भिड्न नजाने

एमालेले मधेसका नेता कार्यकर्तालाई मैदान नछाड्न र संयमित भएर अभियानको प्रचार प्रसारमा केन्दि्रत हुन निर्देशन दिएको छ । एमालेको नीति मूठभेड गर्ने नरहेको र आफ्ना धारणा मधेसी जनतामा लैजान कसैले रोकेमा त्यसको प्रतिवावद गर्ने नीति एमालेले सुनाएको छ ।

मधेस र मधेसी मोर्चा अलग अलग भएकाले मोर्चाका एजेण्डालाई मधेसी जनताका एजेण्डाका रुपमा लिन नहुने एमाले नेताहरुले बताए । सचिव भट्टराईले मधेसी मोर्चाका एजेण्डामा एमाले असहमत भएको तर, मधेसी जनताको मागको पक्षमा रहेको दाबी गरे ।

उनले २० जना मधेसी नेताहरुलाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेपछि मधेसमा थप उत्साह आएको बताए । उनले अब मधेसमा एमालेको संगठन नयाँ ढंगले विकास हुने दावी समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment