Comments Add Comment

होली पर्व सुरु, हनुमानढोकामा चीर ठड्याइयो

२२ फागुन, काठमाडौं । रंगहरुको पर्व होली आइतबारबाट औपचारिक रुपमा सुरु भएको छ । काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा आइतबार बिहान रंगी विरंगी कपडाहरु बाँधिएको तीन तले चीर ठड्याएपछि देशभर होली पर्व सुरु भएको मानिन्छ ।

बिहान ८ बजेर १५ मिनेटको शुभ साइतमा सप्तरंगी चीर ठड्याइएको छ । त्यस अवसरमा नेपाली सेनाको गुर्जु पल्टनले हर्ष बढाइसमेत गरेको थियो । चीर ठड्या

प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी कपडाका टुक्रा झुण्ड्याइएको बाँसको तीन तले चीर ठड्याएपछि मुलुकभर होली सुरु भएको मानिन्छ । फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म ८ दिन होली पर्व मनाउने  गरिन्छ । यस वर्ष पहाडी जिल्लाहरुमा फागुन  २९ गते र तराई-मधेसका जिल्लाहरुमा फागुन ३० गते होली पर्व परेको छ । सो दिन सरकारले सार्बजनिक विदा दिएको छ ।

भगवान विष्णुका भक्त प्रल्हादलाई मार्न प्रयास गर्ने होलिकाको मृत्यु भएको खुशीयालीमा एकअर्कामा रंग अबिर लगाएर होली खेल्ने चलन सुरु भएको धार्मिक ग्रन्थमा उल्लेख छ ।

फागुन शुक्ल पूर्णिमाको रातमा होलिकाको प्रतिक चीर टुंडिखेलमा लगेर दोहन गरेपछि होली पर्व सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment