Comments Add Comment

राष्ट्रिय सरकार गठन गरौं: कांग्रेस नेता पौडेल

'मधेस समस्या समाधान नगरी चुनावमा गए द्वन्द्व बढ्छ'

२४ फागुन, तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले मधेस केन्दि्रत दलहरुलाई समेत सहमतिमा ल्याई राष्ट्रिय सरकार गठन गर्नुपर्ने बताएका छन् । मधेस समस्या समाधान नगरी चुनावमा गए झनै द्वन्द्व बढ्ने उनले चेतावनी दिए ।

दमौलीमा पत्रकारसँग कुरा गर्दै पौडेलले समस्या समाधानका लागि प्रमुख दलहरु हदैसम्म लचक हुनुपर्ने बताए ।

पौडेलले भने, ‘राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सम्झौता गरेर भए पनि मधेस केन्दि्रत दलहरुलाई सरकारमा ल्याउने गरी हदैसम्मको लचकता अपनाउन जरुरी छ ।’

जसको नाममा सहमति हुन्छ उसैको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment