Comments Add Comment

कट्रिना फेरि सलमानकै अँगालोमा, गर्दै छन् अनस्क्रिन रोमान्स

मुम्बई । सलमान खान र कट्रिना कैफको अनस्क्रिन रोमान्स दर्शकले फेरि हेर्न पाउने भएका छन् । अली अब्बास जफरको फिल्म ‘टाइगर जिन्दा है’मा सलमान र कट्रिनाले मुख्य भुमिका निर्वाह गर्ने भएका छन् ।

यो फिल्म एक था टाइगरको सिक्वेल हो । एक था टाइगरमा काम गरेपछि सलमान कट्रिनाको रियल रोमान्सको चर्चा भएको थियो । तर, उनीहरुको सम्बन्ध दिगो हुन सकेन । यतिसम्म कि केही वर्ष सलमान र कट्रिनाले बोलचाल समेत बन्द गरे ।

सलमानसँग ब्रेकअप भएपछि रणबीर कपुरसँग नजिकिएकी कट्रिना रणबीरको पनि असल साथी बन्न सकिनन् । पुन सलमानसँग जोडिएकी कट्रिना सलमानसँग पुन रियल रोमान्समा रमाउँछिन् वा अनक्रिनमा सिमित हुनेछिन् हेर्न बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment