Comments Add Comment

जाजरकोटमा ५० यात्रु सवार बस दुर्घटना, क्षतिको विवरण आउन बाँकी

२६ फागुन, जाजरकोट । जाजरकोटमा बिहीबार बस दुर्घटना भएको छ । बसमा करिब ५० जना यात्रु सवार थिए । बस सडकबाट करिब २ सय मिटर तल खसेको छ ।

जाजरकोटको खलंगाबाट पश्चिमी क्षेत्रमा पर्ने खारा भन्ने गाउँतर्फ जाँदै गरेको ना ३ ख २२७९ नम्बरको बस ओरालो बाटोमा अनियन्त्रित भई खोलामा खसेको जाजरकोट पत्रकार महासंघका सचिव दिपेन्द्र शर्माले अनलाइनखबरलाई जानकारी दिए ।

शर्माका अनुसार दुर्घटनास्थल सदरमुकाम भन्दा ३/४ किलोमिटर टाढा भेरीमालिका नगरपालिका वडा नम्बर ४ मा पर्छ । बोहोरा गाउँको तल्लो मोहोडाबाट बस पासागाड खोलामा खसेको छ ।

बसमा यात्रुहरु बढी भएकाले ओभर लोड हुन गई ओरालो घुम्तीमा अनियिन्त्रित भएको शर्माले बताए । घटनास्थलमा प्रहरीले मृतकका शवहरु संकलन गरिरहेको छ । केही घाइतेलाई उपचारका लागि खलंगा सदरमुकाम ल्याइएको छ ।

घटनामा धेरैजना हताहती भए पनि मृतकको संख्या निश्चित भइनसकेको र उनीहरुको कसैको पनि सनाखत नभएको शर्माले अनलाइनखबरलाई जानकारी दिए ।

पासागाडमा दुर्घटना भएको हो । बस करिब २ सय मिटर तल खसेको छ । प्रहरीले उद्धारकार्य जारी राखेको छ ।

मृतकको सनाखत भएको छैन । घाइतेहरुलाई उद्धार गरी नजिकको अस्पतालतर्फ लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment