Comments Add Comment

कुरिनटारमा ट्रक र बस ठोक्किँदा ८ जना घाइते, दुईको अवस्था गम्भीर

२७ फागुन, चितवन । कुरिनटारमा ट्रक र बस आपसमा ठोक्किँदा ८ जना घाइते भएका छन् ।

काठमाडौंबाट मुग्लिन आउँदै गरेको लु १ ख ८११८ नम्बरको ट्रक र मुग्लिनबाट काठमाडौं जाँदै गरेको ना ५ ख २४७८ नम्बरको बस आपसमा ठोक्किँदा बसमा सवार ८ जना यात्रु घाइते भएका हुन् ।

पृथ्वी राजमार्गअन्तर्गत चितवनको दारेचोक ३, कुरिनटारमा शुक्रबार बिहान भएको दुर्घटनामा घाईते भएकामध्ये २ जनाको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि भरतपुर लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment