Comments Add Comment

कञ्चनपुर घटना भारतीय अत्याचारको पराकाष्ठाः नेविसंघ

जीउधनको सुरक्षा गर्न सरकारलाई आग्रह

नैनसिंह महर, अध्यक्ष, नेविसंघ

२७ फागुन, काठमाडौं । कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट नेपाली नागरिकको मृत्यु भएको घटनामा सत्ता साझेदार कांग्रेसले मुख खोलेको छैन तर, कांग्रेस निकट नेविसंघले भने भारतले नेपालमा नांगो हस्तक्षेप गरेको भन्दै निन्दा गरेको छ ।

नेविसंघका अध्यक्ष नैनसिंह महरले शुक्रबार विज्ञप्ति निकालेर कञ्चनपुर घटनालाई भारतीय अत्याचारको पराकाष्ठा भनेका छन् ।

‘दुबै देशका स्थानीय अधिकारीबीच भएको पूर्वसहमतिलाई एकपक्षीय ढंगले उल्लंघन गर्ने अनि आफै बर्बर हस्तक्षेपमा उत्रने भारत पक्षको यो नांगो हस्तक्षेप निन्दनीय छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘एक स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुकको नागरिक छिमेकीको गोली प्रहारबाट मारिनु अत्याचारको पराकाष्ठा हो भन्ने हाम्रो ठहर रहेको छ ।’

नेविसंघले दुई देशका उच्च कुटनीतिक तहमा छलफल गरेर घटनाको यथार्थ सार्बजनिक गर्न र दोषीलाई कडा कारबाही गर्न माग समेत गरेको छ ।

साथै नागरिकको जीउधनको सुरक्षा सरकारको दायित्वभित्रको विषय भएकाले त्यसतर्फ सजग र जिम्मेवार रहन पनि सरकारलाई आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment