Comments Add Comment

माध्यमिक शिक्षा परीक्षामा रुपन्देहीबाट १८ हजार परीक्षार्थी

फाइल तस्वीर

१ चैत, भैरहवा । चैत ३ गते बिहीवारदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षामा (विगतको एसएलसी) रुपन्देहीबाट १८ हजार ७८ विद्यार्थी सहभागी हुने भएका छन् ।

नियमिततर्फ १७ हजार ५ सय १० र आंशिकतर्फ ५ सय ६८ जनाले परिक्षा फारम भरेका रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले जानकारी दिए ।

त्यस्तै ३ वटा प्राविधिक विद्यालयका कुल १२७ जना विद्यार्थीले परिक्षा फारम भरेका छन् ।

यस्तै ८ जना सुस्त श्रवण (बहिरा), ५ जना दृष्टीबहिन विद्यार्थीहरुले एसएलसी परीक्षा दिने जिल्ला शिक्षा अधिकारी थापाले बताए ।

उनले परीक्षाको सम्पूर्ण तयारी भइसकेको बताउँदै जिल्लामा ५२ वटा परीक्षा केन्द्र तोकिएको बताए ।

उनका अनुसार २ वटा परिक्षा केन्द्रमा एक्जामटेडतर्फका विद्यार्थीहरु परीक्षा दिनेछन् भने बाँकी ५० वटा केन्द्रमा नियमित तर्फका विद्यार्थीहरुले परीक्षा दिनेछन् ।

परीक्षामा १ सय ४१ सामुदायिक र १ सय ४९ संस्थागत विद्यालयका विद्यार्थी सहभागी हुने जिल्ला शिक्षा कार्यालय रुपन्देहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment