Comments Add Comment

भारतले नेपालमा राजनीतिक स्थिरता चाहन्छः मनमोहनसिंह

दिल्लीमा विमलेन्द्र निधी र मनमोहन सिंहवीच वार्ता

१ चैत, नयाँदिल्ली । भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहले नेपालमा भारतले सधैं राजनीतिक स्थिरता हेर्न चाहेको बताएका छन् । उनले नेपाल-भारत सम्बन्ध प्रगाढ बनाउनुपर्नेसमेत बताएका छन् ।

दिल्लीमा रहेका नेपालका गृहमन्त्री विमलेन्द्र निधीसँग मंगलबार भएको भेटवार्तामा पूर्वप्रधानमन्त्री सिंहले नेपालमा अब राजनीतिक स्थिरतापछि विकास निर्माणको कामले गति लिने आशा व्यक्त गरेका थिए ।

एउटा असल छिमेकीका नाताले भारत सधैं नेपालमा राजनीतिक स्थिरता भएको हेर्न चाहेको भन्दै पूर्वप्रधानमन्त्री सिंहले दुई देशबीचको पुरानो सम्बन्धलाई उच्च प्राथमिकतामा राख्नुपर्ने र भोलिका दिनमा सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्ने बताएका थिए ।

गृहमन्त्री निधीले सिंहको निवासमै पुगेर भेट गरेका थिए । भेटमा पूर्ब प्रधानमन्त्री सिंहले दुई देशीचको सम्बन्ध, नेपालको शान्ति प्रकृया र विकासका बारेमा चासो राखेको गृहमन्त्री निधीका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।

भेटमा गृहमन्त्री निधिले नेपालको पछिल्लो राजनीतिक अबस्थाबारे सिंहलाई जानकारी गराएका थिए । भेटमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायको पनि उपस्थिति थियो ।

प्रतिआतंकवाद सम्बन्धी तेस्रो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन सोमबार साँझ नयाँ दिल्ली पुगेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले दिल्लीमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज लगायतलाई भेट्ने कार्यक्रम छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment