Comments Add Comment

लुम्बिनी अञ्चल अस्पतालको बजेट ५ करोड १८ लाख

४ चैत, बुटवल । स्वास्थ्य मन्त्रालयले पश्चिम नेपालकै पुरानो बुटवलको लुम्बिनी अञ्चल अस्पतालका लागि पाँच करोड १८ लाख रुपैयाँ बजेट स्वीकृत गरेको छ ।

स्वास्थ्य मन्त्री गगन थापाको निर्देशनमा अस्पतालमा भवन निर्माण र उपकरण खरिदका लागि बजेट विनियोजन गरिएको हो । विनियोजित रकममध्ये शल्यक्रिया भवनका लागि दुई करोड र डाइग्नोस्टिक सेन्टर निर्माणका लागि एक करोड रुपैयाँ खर्च गर्ने योजना छ । यस्तै, १ करोड ९८ लाखबाट अस्पतालमा अत्याधुनिक उपकरण खरिद गरिनेछ ।

आकस्मिक उपचार भवनको मर्मत तथा अस्पतालको परिसरको सडक मर्मत र कालोपत्रेका लागि २० लाख रुपैयाँ छुट्याइएको छ ।

अस्पतालमा अत्याधुनिक उपकरणको अभावमा सेवाग्राहीको उपचारमा समस्या हुँदै आएको अवस्थामा स्वास्थ्य मन्त्रालयले बजेट दिएपछि अब समस्या समाधान हुने अस्पतालक प्रशासनको अपेक्षा छ । अस्पतालमा आधुनिक उपकरण खरिद र नयाँ भवन निर्माणका लागि छिटै टेण्डर आह्वान गरिने अस्पताल विकास समितिका अध्यक्ष रमेश खनालले बताए ।

लुम्बिनी अञ्चल अस्पतालमा लुम्बिनी अञ्चलका ६ जिल्लाका साथै मध्यपश्चिमका केही जिल्ला र भारतबाट समेत बिरामीहरु आउने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment