Comments Add Comment

लामिछानेलाई श्रीलंका स्काउटको सर्वोच्च सम्मान

६ चैत, काठमाडौं । नेपाल स्काउटका पूर्वप्रमुख आयुक्त तथा एसिया प्यासिफिक क्षेत्रको अवार्ड कमिटीका प्रमुख श्रीराम लामिछाने श्रीलंका स्काउटको सर्वोच्च सम्मान ‘सिल्भर लायन’बाट सम्मानित भएका छन् ।

एक भब्य समारोहकाबीच श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले लामिछानेलाई सो सम्मान प्रदान गरेका हुन् ।

स्काउटिङ सेवामा अति बिशिष्ठ तथा अतुलनीय योगदान गर्ने विश्व स्काउटका लिडरलाई श्रीलंका स्काउटका तर्फबाट प्रदान गरिने अवार्ड ‘सिल्भर लायन’ प्राप्त गर्ने लामिछाने पहिलो नेपाली हुन् ।

नेपाल स्काउट एण्ड गाइड फेलोसिप-नेपालका राष्ट्रिय अध्यक्ष समेत रहेका शिक्षाविद तथा पर्यटनविद स्काउट लिडर लामिछाने विश्व स्काउटको सर्बोच्च सम्मान ब्रन्ज उल्फ लगायतका धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरुबाट बिभुषित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment