Comments Add Comment

आइएसएमटी कलेजको दिक्षान्त समारोह सम्पन्न


१० चैत, काठमाडाैं । पियर्सन एडएक्सेल बेलायतको सम्बन्धनमा काठमाडौँ तिनकुने गैरीगाऊँ सञ्चालित आइएसएमटी कलेजमा स्नातक तह अध्ययन गरेका बिद्यार्थीहरुको दिक्षान्त समारोह सम्पन्न भएको छ ।

नेपालस्थित बेलायती दूतावासकी चार्ज डे अफेयर क्याथरिन स्मिटनको प्रमुख आतिथ्यमा सम्पन्न सो दिक्षान्त समारोहमा पियर्सन एडएक्सेलबाट कम्प्युटर तथा आइटी र हस्पिटालिटी म्यानेजमेन्टमा उर्तिण एक सय बिद्यार्थीहरु दिक्षित भएका छन् ।

सो अवसरमा प्रमुख अतिथिले दिक्षित विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनुका साथै बेलायती शिक्षा प्रणाली र अवसरहरुको बारेमा मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा नेपाल सरकार, सुचना तथा प्रविधि विभागका प्रमुख विरेन्द्रकुमार मिश्र तथा ब्रिटिस काउन्सिलका जीम ओ निलको पनि आतिथ्यता रहेको थियो ।

कलेजका पि्रन्सिपल ध्रुवबाबु जोशीले दिक्षित विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदैँ नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment