Comments Add Comment

विकासका लागि स्रोत र श्रम परिचालन गरौंः ऊर्जामन्त्री


१२ चैत, काठमाडौं । उर्जामन्त्री जनार्दन शर्माले नेपालमा उपलब्ध प्राकृतिक स्रोत र श्रमलाई एकाकार गर्दै अघि बढ्न सकेमा उर्जा क्षेत्रको विकासमा फड्को मार्न सकिने बताएका छन् ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाडामा सनिबार आयोजित कार्यक्रममा उर्जामन्त्री शर्माले स्रोत र श्रम परिचालनलाई एकीकृत गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

मन्त्री शर्माले नेपालको पानी जनताको लगानी भन्ने नाराका साथ अघि बढ्न सक्ने हो भने उर्जाको क्षेत्रमा पनि उल्लेख्य प्रगति हासिल गर्न सकिने उल्लेख गरे ।

पूर्वपश्चिम र मध्यका जनतालाई यथास्थानमा विजुली उत्पादन गरी उपभोग हुने स्थिति श्रृजना गर्ने तयारीमा आफु लागेको पनि उहाँले स्पष्ट पारे ।

५ बर्षभित्र ८ हजार मेघावाट विजुली उत्पादन गर्न सक्ने हो भने शिक्षा, स्वास्थ्य, उद्योग लगायत सबै क्षेत्रको सम्मुन्नत विकास भई व्यापार घाटा शुन्यमा झार्न सकिने दाबी पनि मन्त्री शर्माले गरे ।

स्थानीय तहको निर्वाचन गर्नुको विकल्प नभएको भन्दै मन्त्री शर्माले स्थानीय तहको निर्वाचन पछि राजनीतिक रुपले नै मुलुक प्रतिष्पर्धात्मक रुपमा विकासको नया आयाममा प्रवेश हुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा उपत्यका मकवानपुर संघीय जनसम्पर्क मञ्चले उर्जा व्यवस्थापन गरी जनतालाई अध्यारोबाट उज्यालोतर्फ उन्मुख गराएको भन्दै उर्जा मन्त्री शर्मालाई सम्मान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment