Comments Add Comment

ओलीको टिप्पणीः मधेसमा आतंक छ, पर्यटक कहाँबाट आउँछन् ? (भिडियोसहित)


१३ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराई मधेसका जिल्लामा राजनीतिका नाममा आपराधिक गतिविधि भइरहेको बताएका छन् । एमालेको सप्तरी सभामा पनि जनता मराएर आफ्नो राजनीतिक दूनो सोझ्याउने आतंककारी षड्यन्त्र भएको ओलीले बताए ।

आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा थारु र मधेसी समुदायका केन्द्रीय सदस्यहरुको सपथग्रहण कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले गौरकाण्डको स्मरण गर्दै भने, ‘सबभन्दा बढ्दा तराई मधेसको दुई नम्बर प्रदेशका आठवटा जिल्लामा क्रिमिनल एक्टिभिटिज पोलटिक्सका नाममा भएको छ, गौरमा सभा गर्न को गयो, के गयो बेग्लै कुरा हो, जो गए पनि २९ जनालाई लेखेटी-लखेटी, घोची-घोचीकन मार्ने पोलटिकल एक्टिभिटी हुँदै होइन ।’

आतंककारी तत्वहरु हमला गर्न आउँछन्, आतंक फिजाउँछन् । त्यस्तो ठाउँमा पर्यटक कहाँबाट आउँछन् ? लगानी कहाँबाट आउँछ ? विकास कहाँबाट हुन्छ ? त्यस्ता ठाउँहरुमा विद्यालयको पढाइ कस्तो हुन्छ ? विद्यार्थीहरुको मानसिकता कस्तो हुन्छ ? उपयुक्त शिक्षक कहाँबाट आउँछन् ?’

सो क्षेत्रको आपराधिक समूह नै मुलुकको विकासको बाधक बनेको ओलीको भनाइ छ । तराई मधेसमा आतंक जारी रहेकाले विदेशी पर्यटक र लगानी नभित्रिएको उनले बताए ।

ओलीले भने, ‘दुई चारवटा क्रिमिनल गिरोहहरु छन्, तिनीहरुले आतंक फिँजाएका छन् । त्यो आतंकका बीचमा कसरी पर्यटक आउँछन् ? जहाँ सप्तरी काण्ड हुन्छ, जहाँ गौरकाण्ड हुन्छ, जहाँ पोखरिया काण्ड हुन्छ, जहाँ शान्तिपूर्ण ढंगले सभा गर्छुभन्दा अपराधीहरु हमला गर्न आउँछन्, हिंसावादीहरु हमला गर्न आउँछन्, आतंककारी तत्वहरु हमला गर्न आउँछन्, आतंक फिजाउँछन् । त्यस्तो ठाउँमा पर्यटक कहाँबाट आउँछन् ? लगानी कहाँबाट आउँछ ? विकास कहाँबाट हुन्छ ? त्यस्ता ठाउँहरुमा विद्यालयको पढाइ कस्तो हुन्छ ? विद्यार्थीहरुको मानसिकता कस्तो हुन्छ ? उपयुक्त शिक्षक कहाँबाट आउँछन् ?’


मेची-महाकाली अभियानअन्तर्गत सप्तरीमा एमालेले आयोजना गरेको सभामाथि मान्छे मराएर छाड्ने अगाडिदेखि योजना बनाइएको ओलीले दाबी गरे । तराई मधेसमा क्रियाशील केही राजनीतिक दलहरुले सोझा जनता मराएर राजनीतिक दूनो सोझ्याउने गरेको ओलीले आरोप लगाए ।

उनले भने, ‘पुलिसलाई आक्रमण गरेर भए पनि मान्छे मराउने उद्देश्य राजनीति होइन, त्यो अपराधिक उद्देश्य हो । जनता मराएर अनि आफ्नो राजनीतिक दूनो सोझ्याउने । जनताको ज्यान जान्छ । ठालूहरुलाई त के भो र मराइदिने जनता । त्यो खालको तरिका जुन अपनाएका छन्, त्यो बहुतै खतरनाक छ ।’

एमाले अध्यक्ष ओलीले संविधानले सबैलाई अधिकारसम्पन्न गराएको भन्दै संशोधनको औचित्य नरहेको समेत दोहोर्‍याए । ‘अधिकारसम्पन्न बनाउने कुरामा संविधानले कुनै भेदभाव गरेको छैन बरु आरक्षण गरेको छ,’ ओलीले भने, ‘अधिकारको लडाईं भनेर, अधिकार पाएनौं भनेर, अधिकार खोसियो भनेर भ्रमपूर्ण प्रचार गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment