Comments Add Comment

आईजीपी विवादबारे बैठक राख्न राज्य व्यवस्था समितिमा सांसदको माग

१५ चैत, काठमाडौं । संसद्को राज्य व्यवस्था समितिमा संसदहरुले प्रहरी प्रमुखको सम्बन्धी विषयमा बैठक राख्न माग गरेका छन् ।

मंगलबार समितिको वार्षिक प्रतिदेवनमाथि छलफल गर्न बसेको बैठकमा पूर्व आईजीपी समेत रहेका सांसद रविन्द्रप्रताप शाहले प्रहरीलाई लथालिंग छाडिएको भन्दै छिटो टुंगो लगाउन सरकारलाई निर्देशन दिने गरी बैठक राख्न माग गरेका हुन् ।

सांसद शाहले आईजीपी नियुक्ति विवादबारे राज्य व्यवस्था समितिले हेर्ने भएकाले तत्काल सरकारलाई निर्देशन दिने गरी बैठक राख्न माग गरेको बताए ।

‘अदालतको फैसला आइसकेको अवस्थामा प्रहरी जस्तो संवेदनशील विषय अलपत्र पारेकोले तत्काल टुंग्याउने गरी बैठक राख्न माग गरेको हुँ’, शाहले भने । समितिका सभापति दिलबहादुर घर्तीले यस विषयमा छिटै बैठक राख्ने बताएका पनि उनले बताए ।

यसअघि सांसद यज्ञराज सुनुवारले पनि आईजीपी नियुक्तिमा देखिएको विवादबारे समितिमा कुनै कुरा नउठेको भन्दै असन्तुष्टि जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment