Comments Add Comment

सडकको नालामा डुबेर बालकको मृत्यु

फाइल तस्वीर ।

१६ चैत, झापा । झापाको भद्रपुर-१० मा रहेको चारआली-केचना सडक खण्डमा रहेको नालामा डुबेर एक बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा स्थानीय १० वर्षीय  कुशल निरौला रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डिएसपी हरिप्रसाद शर्माले जानकारी दिए । शर्माका अनुसार उनको विर्तामोडस्थित विएण्डसी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै, घाइते हुनेमा सोही ठाउँका ६ वर्षीय समिर बजगाईं रहेका छन् । उनको अहिले विएण्डसीमा उपचार भइरहेको छ ।  बजगाईंको उपचारमा संलग्न चिकित्सकका अनुसार उनको अवस्था अहिले खतरामुक्त छ ।

स्थानीयले ठेकेदारको लापरबाहीले बालकको ज्यान भएको बताएका छन् ।  स्थानीय भन्छन्, ‘एक फुटको नाला खन्नु पर्नेमा ५ देखि १० फुटसम्मको नाला खनेपछि यो दुर्घटना निम्तिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment