Comments Add Comment

बाबुरामले पुलिस क्लबबाट गृहमन्त्रीलाई भने- माग पूरा नभई बाहिर जाँदैनौं

उपेन्द्र यादवले बाबुरामलाई भेटेर ऐक्यवद्धता जनाए

२० चैत, काठमाडौं । निर्वाचन कार्यालय घेराउका क्रममा आइतबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई प्रहरीले साँझ रिहा गरेको छ । तर, डा. भट्टराईले आफूहरु प्रहरी कार्यालयभित्रै धर्ना बसेको भन्दै माग पूरा नभएसम्म बाहिर नजाने बताएका छन् ।

प्रहरीले ‘तपाईहरुलाई रिहाइ गरिएको छ, घर जान सक्नुहुन्छ’ भन्नासाथ नयाँ शक्ति पार्टीका संयोजक डा. भट्टराईले आइतबार अपरान्ह गृहमन्त्री विमलेन्द्र निधीलाई फोन गरे ।

चुनाव चिन्ह पाउनुपर्ने आफूहरुको माग पूरा नभएसम्म प्रहरी कार्यालयबाट बाहिर नजाने डा. भट्टराईले गृहमन्त्री निधीलाई बताएर साँझसम्म पुलिस क्लबभित्रै बसेका छन् ।

पूर्वप्रधानमन्त्री डा.भट्टराई र गृहमन्त्री निधीवीच बिहान गिरफ्तारी हुने बेलामा पनि फोनमै भनाभन भएको थियो ।

[sam_list] गृहमन्त्रीसँग भट्टराईको फोन सम्वाद भए लगत्तै मधेसी मोर्चाका नेता उपेन्द्र यादव डा. भट्टराईलाई भेट्न साँझ पुलिस क्लब पुगेका छन् ।

स्रोतका अनुसार भेटमा संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका यादवले बाबुराम भट्टराईलाई आन्दोलनमा आफ्नो पनि ऐक्यवद्धता र साथ रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment