Comments Add Comment

कञ्चनपुरको आनन्दबजारमा सशस्त्रको अस्थाई क्याम्प स्थापना

नेपालीमा निर्भर बसही बजार सुनसान

२२ चैत, कञ्चनपुर । गत फागुन २६ गते सीमा बिवादका क्रममा भारतीय एसएसवीले नेपालीमाथि गोली प्रहार गरी हत्या गरेपछि सीमा सुरक्षा कार्यालय कञ्चनपुरले पुनर्वास नगरपालिकाको आनन्दबजारमा इन्स्पेक्टरको कामााण्डमा सशस्त्र प्रहरीको अस्थाई क्याम्प स्थापना गरेको छ ।

सीमा नजिकै रहेको स्थानीय श्याम गुरुङ्गको घरमा सशस्त्र प्रहरी निरीक्षक राम बहादुर खत्रीको कमाण्डमा ३१ जना सशस्त्र प्रहरी परिचालन गरिएको सीमा सुरक्षा कार्यालय कञ्चनपुरका प्रमुख एसपी इन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनले स्थानीयको माग भए बमोजिम भारतीयले तोडफोड गरेको श्याम खत्रीको घरलाई मर्मत गरेर अस्थाई प्रहरी पोष्ट बनाएर, क्याम्प स्थापना गरिएको बताए ।

सीमा विवादमा भारतीय सीमा सुरक्षा बल एसएसबीले गोली प्रहार गरी गोविन्द गौतमको हत्या गरेपछि स्थानीयले सशस्त्रको क्याम्प राख्न माग गरेका थिए ।

नेपालीमा निर्भर भारतीय बजार सुनसान

दुवै मुलुकका सुरक्षाकर्मीले सीमामा आवतजावत रोक लगाएपछि आनन्दबजारसँगै सीमा जोडिएको भारतीय बजार बसही सुनसान बनेको छ ।

बसहीका खाद्यान्न ब्यवसायी सन्तोषले नेपालीमा निर्भर रहेको बसही बजारका धेरैजसो पसलहरु बन्द भैसकेको बताउँदै आफू पनि बन्द गर्ने मनस्थितिमा रहेको बताए ।

उनले नेपाल भारतको सीमा विवाद छिट्टै टुँग्याउनुपर्ने भन्दै सदियौंदेखिको भाइचाराको सम्बन्ध पुरानै अवस्थामा ल्याउन दुवै तर्फका व्यापारी, बुद्धिजिवीहरु बसेर छलफल गर्नुपर्ने सुझाव दिए ।

कञ्चनपुरको आनन्द बजार भएर भारतीय बजार बसही जान/आउन पूर्ण रोक लगाइएको अस्थाई प्रहरी पोष्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक राम बहादुर खत्रीले जानकारी दिए ।

उता पिलिभित ४९ बटालियन अन्तर्गतको बसहीमा रहेको भारतीय सशस्त्र प्रहरी बलका प्रमुख कमाण्डेट दिलबाग सिंहले पनि नेपालतर्फबाट र भारततर्फबाट बसही नाका भएर आवतजावत पूर्णतया बन्द गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment