Comments Add Comment

लिपिस्टिक लगाएर सेल्फी खिच्न लाखौँको चोरी


मानिसले किन चोर्छ ? कसैले न्यूनतम आवश्यकता पूरा गर्नका लागि चोरी गर्छ भने कसैले धेरै धनसम्पत्ति थुपारेर ऐशआरामपूर्ण जिन्दगी बिताउनका लागि पनि चोरी डकैती गर्दछ । तर एकजना महिलाले भने न त हातमुख जोर्नका लागि चोरी गरिन् न त कार वा बंगला खरीद गर्नका लागि चोरी गरिन् । ती महिलाले चोरी गरिन् केवल ओठमा लाली लगाउनका लागि ।

घटना चीनको हो । नाम नखुलाइएकी ती महिलालाई सिँगारपटार गरेर सेल्फी खिच्ने उत्कट चाहना थियो । सोसल साइटमा सेल्फी हालेर लाइक बटुल्नु उनको शौख थियो । अलग अलग रंगका लिपिस्टिक लगाएर सेल्फी खिच्ने र ती सेल्फीलाई लगातार सोसल साइटमा अपलोड गर्ने योजना थियो उनको ।

 

तर विडम्बना सिँगारपटारका लागि महंगो कस्मेटिकहरुमा खर्च गर्ने धनराशी उनीसँग थिएन । जहाँ इच्छा तहाँ उपाय भन्ने उखानलाई चरितार्थ गर्दै ती महिलाले धन कमाउने छोटो बाटो रोजिन् । उनले आफैले काम गर्ने पसलमा चोरी गर्ने योजना बनाइन् । पसलको नक्कली चाबी बनाएर रातारात नगद काउन्टरमा रहेको अढाइ लाख डलर चोरी गरिन् ।

प्रहरीले अनुसन्धान गरी उनको चोरीको कर्तूत पत्ता लगायो । जब उनीसँग सोधपुछका क्रममा चोरीको कारण सोधियो तब उनले लिपिस्टिक खरीदको कारण देखाउँदा पुलिस समेत तिनछक पर्यो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment