
७ फागुन, काठमाडौं । अब नेपाल र भारतबीचको पारवहान सन्धिमा जलमार्ग (इनल्यान्ड वाटरवेज)को प्रयोगले पनि प्रवेश पाएको छ । दुबै देशले जलमार्गलाई समेत परवहन सन्धिमा समट्ने सहमति गरेका छन् ।
दुई देशबीच सन्धि पुनरावलोकनबारे भएको वार्तामा यस्तो सहमति जुटेको हो । भारतले आफ्ना जलमार्ग प्रयोग गरेर नेपालसम्म पारवहान सुविधा दिने गरी सहमति जनाएको वार्तामा सहभागी एक वाणिज्य अधिकारीले जानकारी दिए ।
जलमार्ग पनि थपेर पारवहन सन्धिको पुनरावलोकन गर्न ‘लेटर अफ एक्सचेञ्ज’मा हस्ताक्षरसमेत भएको छ ।
अब जलमार्गमार्फत सीधै भारत वा तेस्रो मुलुकबाट अन्तर्राष्ट्रिय ब्यापारको ढोका खुल्नेछ । नेपालले हाल भारतको गंगा लगायतका नदीबाट नेपालको नरायणी, कर्णाली र कोशीमा जलमार्गलाई जोड्ने गरी अध्ययन थालेको छ । यो योजना सफल भएमा भारतका सामुन्दि्रक बन्दरगहाबाट सीधै पानीजहाजमार्फत नेपालसम्म मालसामन ल्याउन र यहााबाट बन्दरगाहसम्म लैजान सकिनेछ ।
यसअघि पारहवन सन्धिमा बन्दरगाहसम्मको पुहँच, सडक, रेलमार्ग हवाईमार्गका विषय मात्रै उल्लेख थिए ।
दुई बन्दरगाह थपिए
यस्तै भारतले नेपाललाई मुन्द्रा र धामराको सामुन्द्रिक बन्दरगाहमा पहुाच दिन सहमति जनाएको छ । दुई देशबीच वाणिज्य सन्धिको पुनरावलोकन लागि पोखरामा भएको बैठकमा नै यस विषयमा छलफल भएको थियो ।

त्यसकै आधारमा भएको पारवहानसम्बन्धी बैठकमा भारतले थप दुई बन्दरगाह (पोर्ट)मा नेपाललाई पहुाच दिन सहमति जनाएको हो । धामरा पोर्ट उडिसा राज्यमा पर्छ भने भने मुन्द्र्रा पोर्ट गुजरातमा अवस्थित छ । हाल नेपालले भारतको कोलकाता र विशाखापटनमको पोर्टमात्रै प्रयोग गर्दै आएको छ ।
थप बल्क कार्गो सुविधा
यसैगरी भारतले अन्य नाकाबाट बल्क कार्गो सुविधा दिन सहमति जनाएको छ । बल्क कार्गोमा औदोगिक कच्चापदार्थ, फलाम, मल, चिनी, भटमास, नून, पिना, प्लाष्टिकका दाना, सिमेन्ट, कोइला, क्लिंकर, तरकारी, फलफूल लगायतका ठूलो परिमाणमा ल्याइने वस्तुहरु ल्याउन पाइन्छ । अहिलेसम्म रेल-वे सेवा सम्झौताअनुसार कोलकाताबाट वीरगन्ज नाकामा मात्र रेलमार्फत ढुवानी गर्न पाइने व्यवस्था छ ।

सहमति अनुसार तेस्रो मुलुकको बल्क कार्गो अब सिधै रेलमार्गबाट विराटनगर (जोगबनी), भैरहवा (नौतन्वा)सम्म आउनेछ । अहिले बल्क कार्गोको सुविधा वीरगञ्जबाट मात्रै उपलब्ध छ । अन्य नाकाबाट पनि बल्क कार्गो सुविधा दिने विषयमा लामो समयदेखि नेपालले भारतलाई आग्रह गर्दै आएको थियो ।
वीरगञ्जबाट मात्रै आयात गर्नुपर्ने बाध्यताले नेपाल आउने कच्चा पदार्थको लागत वर्षपिच्छे बढ्दै गएको छ । कच्चा पदार्थ आयातको लागत बढ्दा नेपाली उत्पादनलाई प्रतिस्पर्धामा उत्रिन अप्ठेरो परिरहेको छ । व्यवसायीले पनि लामो समयदेखि बल्क कार्गोको सुविधा अन्य नाकाहरुमा पनि समेत विस्तार गर्नुपर्ने माग गरिरहेका छन् ।
सन् २०१२मा बसेको नेपाल-भारत अन्तर सरकारी समिति (आईजीसी) को बैठकमा विराटनगर र भैरहवा -नौतन्वा) नाकासम्म पनि बल्क कार्गो सुविधा विस्तार गर्ने सहमति भएको थियो । तर, एलओई नहुादा नहुादा कार्यान्वयनमा समस्या भइरहेको थियो ।
अब सन्धी पुनरावलोनका लागि भएका यी समहमतिका बुादालाई दुबै देशको मन्त्रिपरिषदले पारित गरेपछि सन्धीकै अंशका रुपमा लागू हुन्छ ।
प्रतिक्रिया 4