+
+
WC Series
कर्णाली याक्स 2025
160/3 (20)
VS
Biratnagar won by 3 wickets
Won विराटनगर किंग्स 2025
163/7 (19.5)
Shares

कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन- जेनजीको मस्यौदामा काम गर्नुस्, परेको म बेहोर्छु

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते २१:५८

१२ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजीहरूसँग हुन लागेको सम्झौताको मस्यौदामा सक्रिय भएर काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएकी छिन् ।

शुक्रबार दिउँसो प्रधानमन्त्री कार्कीलाई भेट्न जेनजी प्रतिनिधिहरू पुगेका थिए । सो क्रममा उनीहरूले मस्यौदाको काम कहाँ पुग्यो ? भन्दै चासो व्यक्त गरेका थिए ।

प्रधानमन्त्री कार्यालयका अनुसार, आगामी सोमबारसम्म अन्तिम रुप दिनेगरी मस्यौदाको ड्राफ्टमा काम भइरहेको छ ।

उक्त काममा सक्रिय भएर खट्न प्रधानमन्त्री कार्कीले निर्देशन दिएकी हुन् ।

‘अब यो विषय धेरै लम्ब्याउनुहुँदैन । आज सकिन्छ भने आजै, आज नभए भोलि शनिबारको दिनसमेत काम गर्नुहोस् । पर्सि आइतबार दिनभर लागे लागोस्,’ प्रधानमन्त्री कार्कीले भनिन् ।

सो क्रममा हस्ताक्षर गरेकै आधारमा आफूले जेजे भोग्नपरे पनि भोग्न तयार रहेको प्रधानमन्त्री कार्कीको भनाइ थियो ।

‘जेजे हेर्नुपर्छ हेर्नुपर्छ, हेर्नुहोस्, सोमबारभित्रमा अन्तिम रुप दिइएको हुनुपर्छ,’ उनले भनिन्, ‘अब धेरै दिन कुर्न सकिँदैन । हस्ताक्षर गरेकै कारणले केही बेहोर्नुपरे म बेहोरौंला ।’

आफूले मात्रै नभइ आफ्नो मन्त्रिपरिषद् पनि त्यसको जिम्मेवारी लिने प्रधानमन्त्री कार्कीको भनाइ थियो ।

विशेषगरी सो मस्यौदामा कर्मचारी प्रशासनले काम गर्न ढिला गरेकोप्रति प्रधानमन्त्री कार्कीको गुनासो रहेको निकट स्रोतको भनाइ छ ।

सोही कारण पनि प्रधानमन्त्री कार्कीले जेनजीहरूकै सामु कर्मचारी प्रशासकहरू समेत यसबारे चिन्ता लिन नपर्ने बताइन् ।

‘मेरो सिंगो मन्त्रिपरिषद्ले त्यसको जिम्मेवारी लिन्छ । यो राजनीतिक दस्तावेज हो । कर्मचारी प्रशासकहरूले चिन्ता लिनुपर्नैन,’ प्रधानमन्त्री कार्कीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?