+
+
Shares

कर्मचारीले तयार पारेको पहिलो निर्णयमा सञ्चारमन्त्रीले गरेनन् हस्ताक्षर

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ६ गते १६:३४

६ असोज, काठमाडौं । नवनियुक्त सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले आफ्नो पहिलो निर्णयमा हस्ताक्षर नगरी कर्मचारीलाई नै फर्काइदिएका छन् ।

सोमबार राष्ट्रपति निवासमा आयोजित शपथ ग्रहण कार्यक्रम सकेर उनी मन्त्रालयमा पदभार ग्रहणका लागि पुगेका थिए ।

सो क्रममा कर्मचारीले पहिलो निर्णय हस्ताक्षरका लागि पुर्‍याएका थिए । तर, मन्त्री खरेलले अर्को निर्णय बनाएर ल्याउन आग्रह गरे ।

‘तयार गरेको भन्दा केही फरक निर्णयका लागि मेरो अनुरोध छ,’ मन्त्री खरेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?