Comments Add Comment

स्टार फुटबलर रोहित चन्द इण्डोनेसियाली क्लव पर्सिजा जाकार्तामा अनुबन्धित

२५ चैत, काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द इण्डोनेसियाली क्लव पर्सिजा जाकार्तासँग आगामी एक सिजनका लागि अनुबन्धित भएका छन् ।

जाकार्तामा आज उनले क्लवसँग एक सिजनको सम्झौतामा हस्ताक्षर गरेका छन् । उनको सम्झौता अपि्रत ७, २०१७ देखि ७ जनवरी २०१८ सम्म लागू हुनेछ ।

सम्झौता भएपनि पारिश्रमिकबारे भने केहि खुलाइएको छैन । उनले होम एण्ड अवे खेलमा बराबरी तथा जितको बोनससहितको सम्झौता गरेको बताइएको छ ।

रोहि तगत बर्ष टी-टिम एफसीसँग आवद्ध भएका थिए । तर घुँडाको चोटका कारण उनले सम्झौता रद्ध गरेका थिए । केहि समयअघि मात्रै शल्याक्रियापछि फिट भएका रोहितले केहि डोमेस्टिक प्रतियोगिताहरु पनि खेले ।

रोहित इण्डोनेसियाको यस क्लवसँग पूर्ण परिचित छन् । सन् २०१२ देखि २०१५ सम्म दुई र आधा सिजन उनले यस क्लवमा बिताएका थिए ।

यसपटकको सम्झौताअघि उनले अभ्याससत्रमा सहभागिता जनाए भने इण्डोनेसियाको यू २२ टोलीसँगको मैत्रीपूर्ण खेल खेलेका थिए । त्यस खेलमा क्लवका अधिकारीहरुलाई प्रभावित बनाएपनि सम्झौता सम्भव भएको हो ।

तस्वीरः गोलनेपाल डट कम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment