Comments Add Comment

पाइलट पक्राउ पर्दा निगमको अन्तर्राष्ट्रिय उडान प्रभावित


२९ चैत, काठमाडौं । झण्डै एक लाख अवैध अमेरिकी डलरसहित पक्राउ परेका सुवर्ण अवाले नेपाल वायुसेवा निगमकै सबैभन्दा वरिष्ठ पाइलट हुन् । उनी केही महिनामा नै एयरबस प्रशिक्षकको तालिमका लागि जाने तयारीमा थिए ।

तर, ३३ वर्षदेखि विमान उडाइरहेका अवाले पक्राउ परेपछि नेपाल एयरलाइन्स समस्यामा परेको छ । अब निगमममा तालिकाअनुसार उडान भर्न समस्या हुने अवस्था आएको महापप्रवन्धक सुगतरत्न कंशाकारले बताए ।

अब जहाज थन्क्याएर तत्काल अन्तर्राष्ट्रिय उडान कटौती गर्नुपर्ने बाध्यता आउन सक्ने देखिएको छ । ‘अब हाम्रो उडान तालिका थोरै प्रभावित हुन सक्छ’ कंशाकारले भने, ‘एयरबस उडाउने पाइलट हामीसँग अतिरिक्त छैनन् । कति उडान प्रभावित हुन्छ भनेर हामीले विश्लेषण गरिसकेका छैनौं ।’

एयरबस उडानका लागि निगमसँग ८ जना पाइलट छन् । उनीहरु मध्ये एक जना बिरामी परेर विदामा छन् । अवाले पक्राउ परेपछि निगमसँग ६ वटा मात्रै पाइलट उपलब्ध छन् । तर, उडान भने ८ स्थानमा दैनिक भर्नुपर्ने अवस्था रहेको निगम स्रोतले बताएको छ ।

अहिले वायुसेवा निगमका दुइवटा एयरबसले ८ अन्तर्राष्ट्रिय उडान भरिरहेका छन् । हङकङ, दुबई, दोहा, मलेसिया र क्वालालाम्पुरमा उडान गरेपछि पाइलटहरुलाई अनिवार्य आराम दिनुपर्छ । यी गन्तब्यसम्म उडाएर लैजाने पाइलटले फिर्ता ल्याउन पाउँदैनन् । भारतका मुम्बई, दिल्ली र बेंग्लोर उडान भरेका पाइलट भने उही दिन नै फर्केर आउन पनि पाउँछन् ।

अन्तर्राष्ट्रिय हवाइ उड्ड्यन प्राधिकरणको नियमअनुसार एक जना पाइलटले हप्तामा ३० देखि ३२ वटा उडान भर्न पाउँछन् भने महिनामा १ सय घन्टाको हाराहारीमा मात्रै उडाउने सीमा छ ।

निगमसँग अहिले २ वटा एयरबस र एउटा बोइङले अन्तार्रष्ट्रिय उडान गरिरहेको छ । महाप्रबन्धक कसंकारले भने, ‘अब हामीसँग पाइलट थोरै छन्, उडान प्रभावित पर्ने पक्का छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment