Comments Add Comment

महांसघको बरिष्ठ उपाध्यक्षमा गोल्छा निर्वाचित, कस्तो बन्यो नयाँ टिम ?


२९ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा विजयी भएका छन् । महासंघको नयाँ नेतृत्वका लागि मंगलबार भएको चुनावबाट गोल्छा उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

बरिष्ठ उपाध्यक्षमा निर्वाचित गोल्छाले प्रतिद्वन्द्वी किशोरकुमार प्रधानलार्इ  पराजित गरेका हुन् । गोल्छाले अब भवानी राणापछिको कार्यकायलमा अध्यक्ष हुने पक्का गरेका छन् ।

यसवर्षबाट महासंघको विधान संशोधन गरेर बरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने ब्यवस्था राखिएको छ । महासंघको नयाँ नेतृत्वका लागि मंगलबार भएको चुनावबाट गोल्छा उपाध्यक्षमा निर्वाचित हुने पक्का जस्तै भएपछि किशोरले प्रतिद्वन्द्वी शेखर गोल्छालाई माला लगाएर जितको लागि बधाइ दिएका थिए ।

जिल्ला तथा नगर, वस्तुगत समूहको मतगणना सकिनासाथ उनका प्रतिद्वन्द्वी किशोरकुमार श्रेष्ठले गोल्छालाई मतगणनास्थल बाहिर माला लगाएर जितको लागि बधाइ दिएका हुन् । अन्तिम मत परिमाण भने सार्वजनिक हुन बाँकी छ ।

महासंघमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघको मतभार ५० प्रतिशत हुन्छ । ९९ वटा वस्तुगत सदस्यको मतभार २० प्रतिशत हुन्छ । ८५६ एशोसिएट सदस्यको मतको हिस्सा ३० प्रतिशत छ ।

जिल्लामा शेखरले ६१ मत प्राप्त गरे भने किशोरले ४२ मत ल्याए। उता वस्तुगतमा किशोरले ५१ मत पाए भने शेखरले ४७ मत पाए ।


वस्तुगततर्फ प्रधानले केही बढी मत ल्याएपनि जिल्ला तथा नगरमा बढी मत ल्याएपछि गोल्छाको जीत निश्चित भएको हो । अब ३० प्रतिशत मतभार रहेको एशोसियटतर्फको गणना सक्न बाँकी छ ।

एशोसियटमा पनि गोल्छाकै राम्रो पकड छ । एशोसियटतर्फ आफ्नो कमजोर उपस्थितिकै कारण किशोरले  समूहले यसमा प्यानल बनाएर उम्मेदवारी दिएको थिएन ।

को-को भए उपाध्यक्ष ?

महासंघको चुनावबाट जिल्ला तथा नगरको उपाध्यक्षमा प्रधान समूहका प्रमोद श्रेष्ठले जित हात परेका छन् । म्याग्दी उद्योग वाणिज्य संघबाट उनी उम्मेदवार बनेका थिए । प्रमोदले गोल्छा समूहका दिनेश श्रेष्ठलाई पराजित गरेका हुन् ।

त्यसैगरी वस्तुगततर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ विजयी भएका छन् । उनले प्रधान समूहका शंकर प्रसाद पाण्डे र अनुपबहादुर मल्ललाई पराजित गरे । एशोसियटतर्फबाट भने चन्द्रप्रसाद ढकाल निर्बिरोध उपाध्यक्ष भएका छन् ।

निर्वाचनबाट केन्द्रीय कार्यसमिति सदस्यमा गोल्छा समूहकै बर्चश्व हुने देखिएको छ । महासंघमा गोल्छा समूहको स्पष्ट बुहमत रहने देखिएको छ ।


वस्तुगतमा को-को अाए ?

वस्तुगत र जिल्ला तथा नगर समूहको केन्द्रीय सदस्यमा गोल्छा प्यानलका उम्मेदवार नै बढी विजयी भएका छन् । वस्तुगतर्फ गोल्छाका ११ सदस्य निर्वाचित हुँदा प्रधानका ३ जना आएका छन् ।

वस्तुगततर्फ केन्द्रीय सदस्यमा सबैभन्दा धेरै मत ल्याएर अञ्जन श्रेष्ठ विजयी भएका छन् । उनले कुल ७३ मत ल्याएका हुन् । उनी लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका प्रवन्ध निर्देशक तथा नडा अटोमोबाइल्स एशोसियशनका अध्यक्ष हुन् ।

वस्तुगततर्फ आकाश अधिकारी, कमला श्रेष्ठ, विनोद ढकाल, शिवप्रसाद घिसिरे, सकुन्तलाल हिराचन, रबिनकुमार श्रेष्ठ, सुनिगोपाल श्रेष्ठ, सन्दीपकुमार अग्रवाल, हेमराज ढकाल, तिलचन्द्र भट्टराई र जयप्रसाद शिवाकोटीले जितेका छन् ।

जिल्ला तथा नगरमा पनि गोल्छा हावी 


त्यसैगरी जिल्ला तथा नगरमा पनि गोल्छाकै बहुमत देखिएको छ । जिल्ला/नगरको १८मध्ये १६ केन्द्रीय सदस्य गोल्छा प्यानलबाटै निर्वाचित भएका छन् । २ जना मात्रै प्रधान समूहबाट केन्द्रीय समितिमा आएका छन् ।

जिल्ला तथा नगरतर्फ उमेश डालमियाले सबैभन्दा बढी  ८९ मत ल्याएका छन् । सुरकृष्ण वैद्य, राजन श्रेष्ठ, मनिषलाल प्रधान, कृष्णप्रसाद शर्मा, कृष्णप्रसाद श्रेष्ठ, दिपक लम्साल, कृष्णप्रसाद श्रेष्ठ, ध्रुवराज श्रेष्ठ भारी, दिलशुन्दर श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ, निरक केसी, किशोरकुमार आचार्य, सुरेन्द्रप्रसाद श्रेष्ठ,  चन्द्रकान्त अधिकारी र कल्याण जोशीले केन्द्रीय सदस्यमा जित हात पारेका छन् ।

देबकुमार श्रेष्ठ र सुदर्शन कार्कीले समान मत ल्याएकाले एक केन्द्रीय सदस्यमा लागि गोलाप्रथा हुनेछ ।

एशोसियटमा कसको पकड ?

एशोसियटतर्फ पनि गोल्छा प्यानलको बहुमत सुनिश्चित जस्तै छ । १२ जना निर्वाचित हुने यो समूहमा प्रधान समूहबाट ३ जनाको मात्रै उम्मेदवारी छ । बाँकी सबै गोल्छा प्यानलका उम्मेदवार छन् । त्यसैकारण अब भवानी राणाको नेतृत्वमा रहने महासंघमा गोल्छा समूह बलियो रुपमा रहनेछ ।

अब केन्द्रीय कार्यसमितिमा गोल्छा समूहको पकड रहने भएपनि कोषध्यक्षमा ज्ञानेन्द्रलाल प्रधान हुने निश्चित जस्तै भएको छ । उनलार्इ यसअघि नै प्यानल घोषाणा गर्दा गोल्छा समूहले कोषाध्यक्षका रूपमा अघि सारको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment