Comments Add Comment

‘सायद २’को ट्रेलर कति पावरफूल ?


चलचित्र ‘सायद २’को ट्रेलर रिलिज गरिएको छ । नयाँ बर्षको अवसर पारेर ‘न्यू इयर इभ-म्यूजिकल नाइट’ कार्यक्रममा चलचित्रको ट्रेलर दर्शकमाझ सार्वजनिक गरिएको हो ।

दुर्गिस फिल्मस्को ब्यानरमा सुनिल रावलले निर्माण गरेको यो चलचित्रलाई पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन् । यो चलचित्र असार ३० गतेबाट रिलिज हुनेछ । चलचित्रमा शुशिल श्रेष्ठ, निशा कार्की, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुलश पाण्डे लगायतका कलाकारको मुख्य भूमिका छ । इश्वर श्रेष्ठ र सुवास लामिछाने निर्माता रहेको चलचित्रमा हेमदेव गौतम र कृष्ण प्रधान सह-निर्माताको रुपमा छन् ।

इन्टरनेशनल क्लब, सानेपामा आयोजना गरिएको कार्यक्रममा चलचित्रका कलाकारले न्यू इयरमा झुम्न उपस्थित भएका दर्शकसँग साक्षात्कार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment