Comments Add Comment

रुपन्देही च्यालेन्जर्सले काठमाडौं गोल्डेन्सलाई १५ रनले हरायो


१ कैलाली, बैशाख । धनगढी पि्रमियर लिग क्रिकेटमा रुपन्देही च्यालेन्जर्सले काठमाडौं गोल्डेन्सलाई १५ रनले पराजित गरेको छ । तेश्रो जितसँगै रुपन्देही च्यालेन्जर्स अंक तालिकाको शीष स्थानमा कायमै छ भने गोल्डेन्स दोश्रो स्थानमा छ ।

सेती अञ्चल प्रहरी मैदानमा टस जितेर ब्याटिङ रोजेको रुपन्देहीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर१ सय ३५ रन बनायो । उसको लागि नुरधोज सेनले सर्बाधिक ३७ रन तथा पुष्प थापाले ३६ रनको योगदान दिएका थिए ।
काठमाडौंका सोमपाल कामीले ४ विकेट हात पारे ।

जवाफी ब्याटिङमा उत्रिएको काठमाडौं गोल्डेन्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय २० रन मात्र बनाउन सक्यो । उसका ब्याट्सम्यान सुमित महर्जनले सर्बाधिक २७ रन बननाए भने शुबेन्दु पाण्डे र रोहित पौडेलले समान २० रनको योगदान दिए ।

काठमाडौंलाई सस्तैमा समेट्ने क्रममा रुपन्देहीका कप्तान शक्ति गौचनले सर्वाधिक ३ विकेट हात पारे भने विक्रम सोव र कृष्ण कार्कीले समान २/२ विकेट लिए । म्यान अफ द म्याच ३६ रन र १ विकेट लिएका पुष्प थापा बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment