Comments Add Comment

भैरहवाका घरघरमा बुद्धको झण्डा

बैशाख, भैरहवा । गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगर भैरहवालाई सुन्दर बनाउने उद्देश्यले यहाँका घरघरमा बुद्धको झण्डा राख्ने अभियान सुरू भएको छ ।

लुम्बिनिको प्रचारसमेत हुने भएकोले स्थानीय मिलन चोकदेखि बुद्धचोकसम्मका घरहरुमा बुद्धका झण्डा राख्ने अभियान सुरू भएको स्थानीय पत्रकार रविन्द्रप्रताव गुप्ताले जानकारी दिए ।

गत पुस महिनाबाट भैरहवाको बैक रोडबाट थालिएको अभियानलाई तेस्रो चरणसम्म आइपुग्दा घरघरमा झण्डा राखिएकाे हाे ।

सामाजिक कार्यमा अग्रसर भैरहवा मर्निङ्ग वाक ग्रूप (बिएमजी) ले नयाँ वर्ष २०७४ को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रमबाट यो नयाँ घोषणा सहित काम सुरु गरेको हो ।

भैरहवा मर्निङ्गवाक गुप्रलेे थालनी गरेका यो कामलाईर् निरन्तरता दिँदै शुक्रबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका क्षेत्र भित्रका घरको छतमा बौद्ध झण्डा राखिएको छ ।

यससँगै अबको केही समय भित्र भैरहवाका सबै आवासीय भवनहरु एउटै रंगका हुनेछन् भने प्रत्येक घरका छतमा बुद्धका झण्डा फहराइने ग्रूपले जनाएको छ ।

शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवा रहे पनि प्रवेशद्वारमा बौद्धात्मक झल्किने कुनै क्रियाकलाप नभएका कारण ग्रूपले शहरको प्रत्येक घर घरमा बुद्धको झण्डा लगाउने अभियानको थालनी गरेको ग्रूपका अध्यक्ष ओमकार गौचनले बताए ।

बुद्ध झण्डा शान्तिको प्रतिक रहेको र सो झण्डा शहरको प्रत्येक घरघरमा राखिएमा बुद्धजन्मस्थल प्रवेशद्वार सिद्धार्थनगरमा बौद्धात्मक प्रतिक झल्किने तथा पर्यटनको विकासमा पनि थप टेवा पुग्ने उद्देश्यले अभियानको थालनी गरि यसलाई निरन्तरता दिइएको हो ।

झण्डा वितरण कार्यक्रमको शुभारम्भ गर्दै अखिल नेपाल भिक्षु महासंघका केन्ऽीय अध्यक्ष भिक्षु मैत्री महास्थवीरले नँया बर्षको अवसरमा बुद्धभुमी लुम्बिनीको प्रवेशद्धार सिद्धार्थनगर -भैरहवा) लाई बुद्धमय बनाउन थालिएको प्रयास प्रशंसनीय रहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment